Logo
Logo

ट्याक्टरले ठक्कर दिँदा बालकको मृत्यु


819
Shares

काठमाडौं । हिजो साँझ ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सर्लाहीको पर्सा गाउँपालिका–३ का जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साहको मृत्यु भएको हो । उक्त वडाको नारायणपुर चोकमा ट्रयाक्टरले ठक्कर दिँदा घाइते भएका बालकको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ घर अगाडि खेलिरहेका बालकलाई प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरी चौकी नारायणपुरका अनुसार ठक्कर दिने ट्याक्टरका चालक फरार रहेका र उनको खोजीकार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्