Logo
Logo

समाजवादी प्रेस संगठनको विस्तारित बैठक जारी


567
Shares

काठमाडौं । प्रगतिशील श्रमजीवी पत्रकारको संगठन समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठक आजदेखि राजधानीमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने बैठकको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उद्घाटन गरेका छन् ।

बैठकमा संगठनका केन्द्रीय पदाधिकारीसहित सदस्य, प्रदेश इन्चार्ज, जिल्ला अध्यक्ष, उपाध्यक्ष, पूर्वअध्यक्षलगायत ३०० भन्दा बढीको सहभागिता रहेको छ । बैठकमा अध्यक्ष तथा महासचिवको सांगठनिक प्रतिवेदन पेस हुनेछन् । उद्घाटन सत्र सकिएलगत्तै अहिले बन्दसत्र चलिरहेको छ ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले दशकौँको परिश्रमबाट निर्माण गरिएको एउटा धरोहर क्षतविक्षत हुन पुगेपछि फेरि नयाँ धारमा समाहित हुने उद्देश्यअनुरुप समाजवादी प्रेस सङ्ठगन स्थापना गरी सुदृढीकरण अभियानमा लागिएको बताए ।

समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समिति बनेको पाँच महिनामा संगठननलाई देशका ४० भन्दा जिल्लामा विस्तार गरिएको उनले जानकारी दिए ।

सातै प्रदेश र केन्द्रीय तहमा संगठनलाई चलायमान बनाउन आवश्यक सबै विभागको गठन गरिसकिएको उनको भनाइ छ ।

देशभर १० हजारभन्दा बढी पत्रकार, झन्डै ६०० प्रसारण संस्था, २०० जति मूल प्रवाहका अनलाइन र त्यत्तिकै सङ्ख्यामा सञ्चालित छापा माध्यममा आबद्ध पत्रकारको हकहित, पेसागत सुरक्षा, वृत्तिविकास र सम्मानपूर्ण जीविकाको पक्षमा संगठन क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्