
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डको क्लब चोनबरी एफसी आज भिड्दै छन् ।
नेपाल र चोनबरीबीच चोनबरीस्थित घरेलु मैदानमा मैत्रिपूर्ण खेल हुन लागेको हो । नेपाली समय अनुसार ५ः४५ बजे यी दुई टीमबीच खेल सुरु हुने भएको छ । थाइ क्लबविरुद्ध मैदान उत्रँदा नेपाल जित आफ्नो पक्षमा पार्ने योजना बनाउनेछ ।
नेपालले यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपालले २–० ले पराजय व्यहोरेको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड पुगेको हो ।
एसियन कप छनोटमा कुवेत, इण्डोनेसिया र जोर्डनसँगै नेपालले समूह ‘ए’ मा स्थान बनाएको छ । नेपालको समूह छनोटका खेलहरु कुवेतमा आयोजना हुँदैछन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुँदैछ ।














