Logo
Logo

चितवनमा कांग्रेसले माओवादीलाई भोट हाल्दैनन् : नेता गुरुङ


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने धारणा राखेको राखेका हुन् ।

भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यसलगत्तै संसदीय चुनावमा रुखमा भोट हाल्न नपाएकाले १० वर्षसम्म रुखमा भोट हाल्न नपाउँदा चितवनमा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको उनको भनाइ छ ।

उनले पत्रकारहरुसँग भने, ‘फेरि रेणु दाहाललाई भोट हाल्नुपर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन् । रेणुले हार्छिन ।’
उनले आफू गठबन्धनको विपक्षमा नरहेको बताउँदै गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्