Logo
Logo

तीन हजार ५८५ यात्रुलाई निःशुल्क बस सेवा


0
Shares

काठमाडौं । दशैँ पर्वको अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।

यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुलाई काठमाण्डौ उपत्यकामा निःशुल्क सवारी सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

दशैँको समयमा सार्वजनिक सवारीसाधनको कमी हुने हुँदा यात्रुको आवागमन सहज तुल्याउन यो सेवा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्