Logo
Logo

लोक सेवालाई चुनौती दिदै एसपी बढुवाको तयारी, पहिलो नम्बरमा चार एसपीको प्रतिस्पर्धा



काठमाडौं, २४ पुस ।
काठमाडौं, २४ पुस । लोक सेवा आयोगले प्रहरी नियमावली संशोधनलाई अस्वीकार गरेपछि फेरि एसपी बढुवामा अन्योलता बढेको छ । यसरकारले नियमावली संशोधन गरी पदावधिलाई चार वर्षबाट तीन वर्षमा झारेर एसपी बढुवा प्रक्रिया अघि बढाउन खोजेको थियो । तर, आयोगले संघीय प्रहरी ऐन आउन लागेको बेला प्रहरी नियमावली संशोधन गर्नु उचित नहुने राय दिएपछि बढुवा प्रक्रिया रोकिएको छ ।


तर, लोक सेवालाई चुनौती दिदै सरकारले एसपी बढुवा अघि बढाउने भएको छ । स्रोतका अनुसार सर्वाेच्च अदालतको आदेशका आधारमा पदावधिको प्रावधानलाई निष्क्रिय बनाएर बढुवा गर्न लागिएको छ । सर्वाेच्चले रिक्त भएको तीन महिनाभित्रै बढुवा गर्न आदेश दिएकोले सोही आधारमा बढुवा प्रक्रिया अघि बढाउन लागिएको हो ।
हाल एसएसपीका १५ पद रिक्त छन् । जसमा २९ एसपी प्रतिस्पर्धामा छन् । तर, कसलाई पहिलो नम्बरमा बढुवा गर्ने भन्नेमा आइजिपी, गृहमन्त्री र प्रधानमन्त्रीको रोजाईमा फरक फरक व्यक्ति छन् ।
हालको बरिष्ठताको बरियतामा डा गणेश रेग्मी, श्याम ज्ञवाली, सन्दीप भण्डारी, बसन्तबहादुर कुँवर, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य, भरत बोहोरा, टेकप्रसाद राई, रबिन्द्र केसी र पोषराज पोखरेल १० नम्बरभित्र पर्दछन् ।
त्यस्तै बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्र उप्रेती, कुबेर कठायत, केदार ढकाल, राजेन्द्र बिष्ट, विष्णुबहादुर केसी, राजेश बाँस्तोला, सुदिप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, कृष्णकुमार राउत, लाल मणी आचार्य, किरण राणा, भिम ढकाल, दीपक थापा अर्जुनचन्द ठकुरी लगायत पनि प्रतिस्पर्धामा छन् ।
पहिलो नम्बरमा बढुवाका लागि श्याम ज्ञवाली, सन्दीप भण्डारी, उमेश जोशी र टेकप्रसाद राईबीच प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । हाल पहिलो नम्बरमा रहेका डा. रेग्मी असईबाट भर्ना भएकाले उनी प्रहरीको भावी नेतृत्वसम्म पुग्दैनन् । त्यसकारण उनी धेरै दौडधुपमा लागेका छैनन् । उनीपछि ज्ञवाली पहिलो नम्बरमा छन् । उनलाई उछिनेर बढुवा हुन सन्दीप भण्डारीले सबैतिर लबिङ गरिरहेका छन् । उनका दाई नेकपाका नेता भएकाले उनी यही बेला पहिलो नम्बरमा आउने दाउमा छन् । उनको सिफारिसका फोनले आइजिपी सर्वेन्द्र खनाल समेत वाक्क भइसकेको स्रोत बताउँछ । त्यस्तै टेकप्रसाद राईलाई गृहसचिव प्रेमकुमार राईले अगाडि तान्न चाहेका छन् भने उमेशराज जोशीलाई बढुवामा अघि पार्न पनि लबिङ भइरहेको स्रोत बताउँछ ।
अहिले जो पहिलो नम्बरमा बढुवा हुन्छ, उसलाई पछि आइजिपी हुन सहज हुने भएकाले प्रतिस्पर्धा तिव्र भएको हो ।

लोक सेवा आयोगले प्रहरी नियमावली संशोधनलाई अस्वीकार गरेपछि फेरि एसपी बढुवामा अन्योलता बढेको छ । यसरकारले नियमावली संशोधन गरी पदावधिलाई चार वर्षबाट तीन वर्षमा झारेर एसपी बढुवा प्रक्रिया अघि बढाउन खोजेको थियो । तर, आयोगले संघीय प्रहरी ऐन आउन लागेको बेला प्रहरी नियमावली संशोधन गर्नु उचित नहुने राय दिएपछि बढुवा प्रक्रिया रोकिएको छ ।
तर, लोक सेवालाई चुनौती दिदै सरकारले एसपी बढुवा अघि बढाउने भएको छ । स्रोतका अनुसार सर्वाेच्च अदालतको आदेशका आधारमा पदावधिको प्रावधानलाई निष्क्रिय बनाएर बढुवा गर्न लागिएको छ । सर्वाेच्चले रिक्त भएको तीन महिनाभित्रै बढुवा गर्न आदेश दिएकोले सोही आधारमा बढुवा प्रक्रिया अघि बढाउन लागिएको हो ।
हाल एसएसपीका १५ पद रिक्त छन् । जसमा २९ एसपी प्रतिस्पर्धामा छन् । तर, कसलाई पहिलो नम्बरमा बढुवा गर्ने भन्नेमा आइजिपी, गृहमन्त्री र प्रधानमन्त्रीको रोजाईमा फरक फरक व्यक्ति छन् ।
हालको बरिष्ठताको बरियतामा डा गणेश रेग्मी, श्याम ज्ञवाली, सन्दीप भण्डारी, बसन्तबहादुर कुँवर, रामदत्त जोशी, मिरा चौधरी, किरण बज्राचार्य, भरत बोहोरा, टेकप्रसाद राई, रबिन्द्र केसी र पोषराज पोखरेल १० नम्बरभित्र पर्दछन् ।
त्यस्तै बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्र उप्रेती, कुबेर कठायत, केदार ढकाल, राजेन्द्र बिष्ट, विष्णुबहादुर केसी, राजेश बाँस्तोला, सुदिप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, कृष्णकुमार राउत, लाल मणी आचार्य, किरण राणा, भिम ढकाल, दीपक थापा अर्जुनचन्द ठकुरी लगायत पनि प्रतिस्पर्धामा छन् ।
पहिलो नम्बरमा बढुवाका लागि श्याम ज्ञवाली, सन्दीप भण्डारी, उमेश जोशी र टेकप्रसाद राईबीच प्रतिस्पर्धा रहेको स्रोत बताउँछ । हाल पहिलो नम्बरमा रहेका डा. रेग्मी असईबाट भर्ना भएकाले उनी प्रहरीको भावी नेतृत्वसम्म पुग्दैनन् । त्यसकारण उनी धेरै दौडधुपमा लागेका छैनन् । उनीपछि ज्ञवाली पहिलो नम्बरमा छन् । उनलाई उछिनेर बढुवा हुन सन्दीप भण्डारीले सबैतिर लबिङ गरिरहेका छन् । उनका दाई नेकपाका नेता भएकाले उनी यही बेला पहिलो नम्बरमा आउने दाउमा छन् । उनको सिफारिसका फोनले आइजिपी सर्वेन्द्र खनाल समेत वाक्क भइसकेको स्रोत बताउँछ । त्यस्तै टेकप्रसाद राईलाई गृहसचिव प्रेमकुमार राईले अगाडि तान्न चाहेका छन् भने उमेशराज जोशीलाई बढुवामा अघि पार्न पनि लबिङ भइरहेको स्रोत बताउँछ ।
अहिले जो पहिलो नम्बरमा बढुवा हुन्छ, उसलाई पछि आइजिपी हुन सहज हुने भएकाले प्रतिस्पर्धा तिव्र भएको हो ।

प्रतिक्रिया दिनुहोस्