Logo
Logo

बङ्गलादेशमा राजनीतिक तनाव थप चर्कियो, आगजनी र हिंसाका घटनामा वृद्धि


0
Shares

एजेन्सी । राजनीतिक अशान्तिका बीच बङ्गलादेशमा आगजनी र हिंसाका घटना बढेका छन् । प्रहरीले राजधानी ढाकाबाट अवामी लिगसँग सम्बन्धित १२४ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । तर, पक्राउ परेकाहरूबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

अस्ति बिहीबार अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा प्रदर्शनकारीले आगजनी गरेका थिए । त्यस्तै, बुधबार नडाइलमा प्रदर्शनबाट फर्कँदै गरेका बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई नेताको हत्या भएको थियो ।

मङ्गलबार रातिदेखि देशका विभिन्न स्थानमा तोडफोड, आगजनी र घरेलु बम विस्फोटका घटना भइरहेका छन् । यी आक्रमणमा प्रतिबन्धित अवामी लिगका कार्यकर्ता संलग्न रहेको प्रहरीको दाबी छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले देशलाई अस्थिर बनाउन षड्यन्त्र रचिरहेको आरोप लगाएको सरकारी समाचार संस्था बीएसएसले जनाएको छ ।

यसैबीच, ढाकास्थित उच्च अदालतले आगामी डिसेम्बर ३१ तारिखसम्मका लागि देशभरका सम्पूर्ण सार्वजनिक विश्वविद्यालयको प्रवेश परीक्षा स्थगित गर्न आदेश दिएको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनको बलमा ७९ वर्षीया शेख हसिनाको सत्ता ढलेपछि उनले भारतमा शरण लिँदै आएकी छिन् ।

हसिनाले स्वदेश फर्कन राहदानी माग गरे पनि सरकारले अस्वीकार गरेपछि अवामी लिगले हडताल घोषणा गरेको थियो । पूर्वप्रधानमन्त्री हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव थप चुलिएको हो । बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000