Logo
Logo
त्रिकोणात्मक २०-२० शृंखला

पपुवा न्यु गिनीलाई नेपालले दियो १८४ रनको लक्ष्य


504
Shares

काठमाडौं । त्रिकोणात्मक २०-२० शृंखला नेपालले पपुवा न्यु गिनीलाई १ सय ८४ रनको लक्ष्य दिएको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।

नेपालको लागि कुशल भुर्तेलले २० रन बनाए । उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । आक्रामक ब्याटिङ गरे पनि उनी अनावश्यक दौडिँदा रनआउट हुन पुगे ।

अर्का ओपनर आसिफ शेखले ३५ बलमा ४३ रन बनाए । ५ चौका र १ छक्का प्रहार गरेका उनी विकेटको पछाडि क्याच दिन पुगे । दीपेन्द्रसिंह ऐरीले ४ रनमात्र बनाउन सके ।

अन्तिम समयमा ट्वान्टी २० टोलीमा समावेश गरिएका रोहित पौडेलले ३४ रन जोडे । उनले २६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । नेपालले २९ रनको अन्तरमा ५ विकेट गुमाएको थियो । जसमा आसिफ, रोहित, दीपेन्द्रसहित कुशल मल्ल ११, लोकेश बम ५ रनमा आउट भए ।

करण केसीले २ छक्का प्रहार गर्दै ७ बलमा १४ रन बनाए । सोमपाल कामीले १ रनमात्र बनाउन सके । आरिफ शेखले २२ बलमा ३१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कप्तान सन्दीप लामिछाने १ रन बनाई अविजित रहे ।

पपुवा न्यु गिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए । नर्मन भानुआ, चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्