
काठमाडौैं । नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे आज (मंगलबार) निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह गठबन्धन बिना नै निर्वाचनमा जानुपर्ने गरी दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता महतले जानकारी दिए ।














