Logo
Logo

काज सरुवा भए ६ जना एसपी


6.2k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ ।

मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा कार्यालयले एसपीको काज सरुवा गरेको हो ।

कार्यालयले मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव, पश्चिम नवलपरासीमा काँशीराम कँडेल, अख्तियारमा राजन अधिकारी, रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्