काठमाडौं । त्रिदेशीय टी-२० आई सिरिजमा मलेसियाले पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकालेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले पपुव न्युगिनीलाई ८ रनले पराजित गरेको हो । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ अभोरमा १ सय ७२ रनमा अल आउट भयो ।

पपुवा न्युगिनीका लागि टोनी उराले ५६ रन, नर्मन भानुवाले ४५ रन जोड । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । असाद भालाले ११ रन, लेगा सियाकाले ६ रन जोडेका थिए ।
मलेसियाका मुनिएन्दीले ३–३ ओभरमा ३२ रन दिएर चार विकेट लिए । पवन्दीप सिंह र मुहम्मद वाफिकले समान तीन विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।
मलेसिया ओपनर विरनदीपसिंह ५२ बलमा २ चौका र २ छक्कासहित ५९ रनमा अविजित रहे । कप्तान अहमद फैजले ३७ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको योगदान दिए ।
पीएनजीले नोर्मान भनुवले दुई विकेट लिएका थिए भने नोसैना पोकनाले एक विकेट लिएका थिए ।
पपुवा न्याुगिनी पहिलो खेलमा नेपालसँग पनि १५ रनले पराजित भएको थियो । मलेसिया र नेपालको समान दुई अंक भएको छ । मलेसियाले अब बुधबार घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।











