Logo
Logo

प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनबारे कुरा भएको छ : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


पोखरा, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनबारे प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् ।
बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्ने भन्ने सन्दर्भमा छलफल भएको बताए । पुर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘तर अहिले नै सरकार पुनर्गठन गरिहाल्ने भन्ने निर्णयमा पुगिएका छैनौँ ।’ उलने प्रधानमन्त्रीले चाहेको जतिखेर पनि हुने बताए ।
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरुबीच बुधबार भएको छलफलमा अब पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा शुक्रबार सचिवालयको बैठक डाकेर निर्णय गरिने बताए ।
अध्यक्ष दाहालले आफूले पहिलेको सहमति नै संस्मरणमात्रै गरेको र नयाँ ढंगको सहमति बन्यो भने यही सरकार नै ५ वर्ष नै चल्न सक्ने बताए । एक सन्दर्भमा अध्यक्ष दाहालले पछिल्लो समयमा सरकारले ल्याएको विधेयकका बारेमा जनस्तरबाट धेरै नै टिकाटिप्पणी भएकाले ती विधेयकहरु सच्याएर जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्