Logo
Logo

होलीमा हराएका युवाको शव भेटियो


1.9k
Shares

काठमाडौं । गत चैत ४ गते अर्थात् होलीका दिनदेखि हराएका एक युवकको शव भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका– २५ का २१ वर्षीय रामा उपेन्द्र साहको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगञ्ज–१६ ईनर्वास्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा उनको शव भेटिएको हो । फागु पर्वदेखि छोरा बेपत्ता भए पनि उनका बाबुले भने मंगलवार दिउँसो मात्र प्रहरीलाई जानकारी गराएका जनाइएको छ । साथीहरुसँग होली खेल्न घरबाट निस्किएको छोरो फर्किएन भन्दै परिवारबाट उजुरी परेपछि प्रहरीले खोजीकार्य थालेको थियो ।

मंगलवार नै माटो माथि हड्डी देखिएको सूचना प्रहरीले पाएपछि प्रहरी टोलीले उत्खनन् गरेको थियो । हत्या गरेर शव गाडेको हुनसक्ने आशंका गर्दै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्