Logo
Logo

निर्वाचन आचारसंहिता चैत २५ देखि लागू हुने


43.3k
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियामा बिलम्ब हुँदा आचारसंहिता कार्यान्वयनको मिति केही दिन धकेलिएको थियो । आचारसंहिता उल्लंघन सम्बन्धी घटनाका उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिलो भएकोे निर्वाचन आयोगले जनाएको छ ।

आगामी २२ गते बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिताबारे आवश्यक छलफल हुने आयोग स्रोतको भनाइ छ । बैठकमा प्राप्त सुझावपछि आचारसंहिता लागू गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्