Logo
Logo

सहमतिमै यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउनेलाई साढे तीन वर्ष जेल


4.7k
Shares

कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै आरोप लगाउने एक युवतीलाई अदालतले साढे तीन वर्ष जेल सजय सुनाएको छ ।

जिल्ला अदालत अछामले अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।

गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । विवाहको प्रस्ताव लिएर घरमा आएको पुरुषले आफूलाई जबरजस्ती करणी गरेको भन्दै उनले उजुरु दिएकी थिइन् ।

युवतीले घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति ११ः३० मा जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

पुरुषले जबरजस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । उनले अदालतमा बयान दिएका छन्– ‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि हामी फर्किएका हौं ।’

युवतीले अदालतमा पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् । सहमतिमा यौन सम्पर्क भएको तर, जबरजस्ती करणी नभएको अदालतको ठहर छ ।

युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई सफाइ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्