
काठमाडौं । सत्तारुढ दलहरले स्थानीय तह निर्वाचनमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले निर्वाचनमा मिलेर जाने सहमति गरेको हो ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार त्यस्तै महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको छ ।
निर्वाचनमा तालमेलका बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।














