
काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला भेटिएको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको जानकारी दिए ।














