
जनकपुरधाम । बसले ठक्कर दिँदा आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा भएको दुर्घटनामा क्षिरेश्वरनाथ नगरपालिका १ का ३५ वर्षीय मनोज लामिछानेको मृत्यु भएको हो । बा. ८० च ९०९४ नम्बरको मोटरसाइकल चढेर जनकपुरधामतर्फ आउँदै गरेका उनलाई विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार जनकपुरधाम १४ स्थित खाद्य संस्थान अगाडि दुर्घटना हुँदा लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।












