
काठमाडौं । भारतीय ट्रकको ठक्करबाट आज बिहान एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–८ मा युपी ९३ बीटी ४७५७ नं. को भारतीय ट्रकले पहिचान नखुलेका अन्दाजी ५२ वर्षका साइकलयात्रीलाई ठक्कर दिएको थियो । गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालका अनुसार ठक्करबाट घाइते भएका उनको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अनुसार ठक्कर दिने भारतीय ट्रक र चालकलाई नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको छ ।












