
मकवानपुर । बसले ठक्कर दिँदा आज बिहान एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा भएको दुर्घटनाका मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०३–००१ ख १३६५ नंको बसले करिब ४० वर्षीय पुरुषलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।












