Logo
Logo

संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक : मन्त्री झाँक्री


315
Shares

धनकुटा । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छन् ।

फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको बताइन् ।

वर्तमान गठबन्धन सरकारका दलहरूले साझा घोषणापत्रका साथ चुनावमा जानेसमेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताइन् ।

नेकपा (एमाले)मा आफूहरूको निकै ठूलो योगदान रहेको भए पनि नेतृत्वमा रहेका केही नेताहरूको मिचाहा प्रवृत्तिका कारण एमाले छाड्नुपरेको समेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्