Logo
Logo

चाँडै प्रदेश खेलकुद विकास बोर्ड गठन हुन्छ : मुख्यमन्त्री राई


2.9k
Shares

धरान । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका छन् ।

धरानमा आज आयोजित स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको समापनमा मुख्यमन्त्री राईले खेलकुद विकासमा प्रदेश सरकार गम्भीर भएको बताए ।

रेवाहाङ राईको सम्झनामा उनका बाबु रेवतीरमण राई र माता सुजता राईले कोष निर्माण गरिदिएर बास्केटबल खेलका लागि योगदान दिएकामा धन्यवाद दिए ।

अफिसियल खेलका रूपमा विकास भएको बास्केटबल अब प्रदेशमा गति लिने उहाँको भनाइ थियो । स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आगामी वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि उहाँले आयोजकलाई आश्वासन दिए ।

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामाले नेपालमा बास्केटलको सुरुआत २०१० सालताका धरानमा व्रिटिसहरूले सुरु गरेको स्मरण गराए ।

सरकारले अन्य खेलमा लगानी गरे पनि बास्केटबलमा लगानी शून्य भएकाले बास्केटबलमा लगानी गर्न मुख्यमन्त्री राईलाई ध्यानाकर्षण गराए । धरान मेघा हिमालयन कलेजको आयोजनामा भएको प्रतियोगिता धरानका विभिन्न कलेजले सहभागिता जनाएका थिए ।

बास्केटबलका उदीयमान खेलाडी रेवाहाङको १३ महिनाअघि निधन भएको थियो । डिपोट उच्च मावि कक्षा ९ मा अध्ययन गर्दैगर्दा असामायिक निधन भएपछि उनका मातापिताले खेल विकासमा योगदानका लागि रु दुई लाखको अक्षयकोष स्थापना गरिदिएका छन् ।

सोही कोषको ब्याज रकम र विभिन्न दाताको सहयोगमा प्रतियोगिता गरिएको प्रदेश नं १ का बास्केटल प्रशिक्षक तथा धरान बास्केटबल सङ्घका सचिव विकास राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्