Logo
Logo

नेपाल र जापानको सम्बन्ध धेरै पुरानो : परराष्ट्रमन्त्री


252
Shares

उदयपुर । नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल र जापानबीचको सम्बन्ध धेरै पुरानो रहेको बताएका छन् ।

मन्त्री खड्काले सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ३ आमसालस्थित आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उक्त कुरा बताए हुन् ।

फाइल फाेटाे

मन्त्री खड्काले जापान सरकार संगको पुरानो सम्बन्धका कारण देशमा ठूला ठूला कलकारखाना, सडक विस्तार, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग भएको भन्दै जापान सरकारको सहयोगप्रती आभारी रहेको समेत बताए ।

जापान सरकारको ७७ लाख ९१ हजार ६ सय ४४ रुपैयाँको आर्थिक सहयोग तथा चौदण्डीगढी नगरपालिकाको ११ लाख ९५ हजार र नारी जागरण मार्फत २ लाख ९० हजारको लागतमा निर्माण गरिएको आमसाल आधारभुत स्वास्थ्य केन्द्रको नेपालका लागी जापानका राजादुत किकुता युताका र नेपाल सरकार परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्