Logo
Logo

आवश्यकताअनुसार तालमेल गर्न नेता कोइरालाको आग्रह


252
Shares

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई आग्रह गरे ।

जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्दै उनले भने, ‘प्रदेशले कांग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’

नेता काइरालाले तालमेलका नाममा विसं २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताए ।

नयाँ मतदातालाई रुखबाहेक अन्य चिह्नमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा कांग्रेसका लागि चुनौती भएको बताउँदै नेता कोइरालाले उनले भने, ‘एकातिर घरघर जाऔँ कांग्रेस जिताऔँ अभियान जुटेको पार्टी कार्यकर्ताले गठबन्धनका नाममा कसरी माओवादीलाई भोट हाल कसरी भन्ने यसको व्यवस्थापन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्