
सल्यान । आज बिहान भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १७ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको हो । शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगरतर्फ छुटेको भे १ ज ३३६ नम्बरको जीप मोड्ने क्रममा घुम्तीबाट पल्टिँदा मृतकका दाइ थलराज वली सामान्य घाइते भएका छन् ।
प्रहरीले जीप चालकसमेत रहेका थलराज वलीलाई पक्राउ गरिएको जनाएको छ ।












