एजेन्सी । श्रीलंकाका नवनियुक्त वित्तमन्त्री अली साबरीले राजीनामा दिएका छन् । नियुक्त भएको दोस्रो दिनमै उनले पदबाट राजीनामा दिएका हुन् ।

देशमा आर्थिक संकट चर्किँदै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यले आइतवार संयुक्त रुपमा राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट नै अर्थात् सोमवार राष्ट्रपति गोटाया राजपाक्षेले नयाँ मन्त्रिमण्डल विस्तार गर्दै ४ जना मन्त्री नियुक्त गरेका थिए । त्यसमध्येका साबरीले राजीनामा दिएका हुन् । राष्ट्रपति राजपाक्षेलाई पत्र लेखेर साबरीले देशमा व्याप्त आर्थिक संकटको सामना गर्न उत्तम व्यवस्था आवश्यक रहेकाले नयाँ वित्तमन्त्री नियुक्त गर्नुपर्ने बताएका समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
नयाँ वित्तमन्त्रीको नियुक्ती सहज बनाउन आफूले पदबाट राजीनामा दिएको पत्रमा उनले लेखेका छन् ।साबरी यसअघिको सरकारमा कानूनमन्त्री थिए । राष्ट्रपतिले संसद बाहिरबाट गतिलो वित्तमन्त्री खोज्ने हो भने आफूले संसदीय सिटसमेत खाली गरिदिने उनको भनाइ छ ।














