Logo
Logo

शिक्षामा आवश्यक बजेटको कमी हुँदैनः शिक्षामन्त्री पौडेल


567
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटको कमी नहुने बताएका छन् । मंगलवार आयोजित ‘सार्वजनिक विद्यालयको सुधारका लागि शिक्षा नीति तथा कार्यक्रम’ विषयक अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् ।

उपत्यकाका शिक्षा, विकाश तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरू सहभागी अन्तक्र्रियामा मन्त्री पौडेलले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरुको भएको बताउँदै सामुदायिक विद्यालय सुर्धान सामूहिक संकल्प आवश्यक रहेकोमा जोड दिए । “राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुर्धानेतिर रहेको छ”, उनले भने, “शिक्षामा सुधारका लागि सरोकारवाला पक्षहरु पनि प्रयासरत् रहनुपर्छ ।”

भूकम्प प्राधिकरण एवं राष्ट्रपति शैक्षिक सुधारबाट विद्यालयको भौतिक पूर्वाधार बनिरहेको जानकारी गराउँदै मन्त्री पौडेलले शिक्षालाई गुणस्तरीय बनाउनु चाहिँ मुख्य कुरा रहेको धारणा व्यक्त गरे । शिक्षक र कर्मचारीको सेवा सुविधाको व्यवस्था एउटै किसिमको बनाउनेगरी लागिपरिरहेको बताउँदै उनले शिक्षकले आफ्नो कतव्र्य भूल्न नहुनेमा जोड दिए । तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने बताउँदै उनीहरुको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले तालिम गोष्ठीको आयोजना गर्ने मन्त्री पौडेलले बताए ।

“तत्काल नयाँ शिक्षक ल्याउन सकिने अवस्था हुँदैन, उनले भने, “शिक्षकलाई प्रोत्साहित गरी अघि बढ्दै नयाँ शिक्षकलाई भित्र्याउने हो ।” सो अवसरमा सहभागीहरुले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्सः विद्यार्थी संख्याका आधारमा एक नर्सबाट गाह्रो भएकाले विद्यार्थी संख्याका आधारमा हुनुपर्ने, दरबन्दी मिलानको नाममा पालिकालाई तरबार तेस्र्याएकोलगायतका विषय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्