Logo
Logo

एकल पुरुषले मासिक रु. ५०० भत्ता पाउने


1.1k
Shares

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु. ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ताबापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, “पालिकामा स्थायीरुपमा बसोबास गर्ने एकल पुरुषलाई पालिकाको मंगलवार बसेको ९६ औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुनेगरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।” एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उनको भनाइ छ । पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष रहेका छन् ।

गाउँपालिकाले तीन-तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख लक्ष्मी घलेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्