पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् ।

मन्त्रालयका एक कर्मचारीका अनुसार फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए । युवा स्वरोजगारसम्बन्धी कार्यविधिमा छलफल हुँदा दुईबीच विवाद भएको बुझिएको छ ।
घटनापछि ओझा बुधबार कार्यालय आएनन् । स्वास्थ्य परीक्षण गर्न अस्पताल जानका लागि मोटरसाइकल मगाएपछि मन्त्रालयकै कर्मचारीले उनको कोठामा पुर्याइदिएका थिए












