काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा बिहानको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं. १ को पहाडी भू–भागका केही स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै राति प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश नं. १ को पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यसैबीच, प्रदेश नं. १ को पहाडी भू–भागका केही स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।












