Logo
Logo

कारले ठक्कर दिँदा बालकको मृत्यु


1.1k
Shares

काठमाडौं । कारले ठक्कर दिँदा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछाप घर भई लुभु बस्दै आएका उनलाई बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोले कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्