काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाएको यो मन्त्रिपरिषदको नियमित बैठक भएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज बस्न लागेको मन्त्रिपरिषद बैठकले आसन्न स्थानीय तह निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बुझिएको छ ।
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गरिन्छ । निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त आचारसंहिता लागू हुने मिति तोकेको छैन । तर, शुक्रबारदेखि नै निर्वाचन आचारसंहिता लागू गर्ने आयोगले तयारी गरेको छ ।
आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आचारसंहिता जारी हुन अघि निर्णय र नियुक्तिहरु गर्न लागिएको स्रोतको भनाइ छ ।












