काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री बनाएका छन् । बन्दी गैरसांसद हुन् । प्रधानमन्त्री देउवाले बिहीबार अधिवक्ता बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीनिकट अधिवक्ता बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ ।
नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको र दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।














