Logo
Logo

आईपीएल क्रिकेटः दिल्ली र लखनउ आज खेल्दै


567
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्ने भएका छन् । बेलुका पौने आठ बजे मुम्बईमा खेल सुरु हुने भएको छ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो ।

लखनउ तीन खेलमा चार अंक जोडेर पाँचौँ स्थानमा छ । दुई खेलमा दुई अंक जोडेको दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले चार खेलमा ६ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्