Logo
Logo

यस्तो रहने छ आज दिनभरिको मौसम


882
Shares

काठमाडौं । अहिले देशमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी स्थानमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही अन्य ठाउँको मौसम दिउँसो सामान्यतया सफा रहने छ । प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै, प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ठाउँको मौसम राति सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, प्रदेश नं. १ को पहाडी भू–भागका केही स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको तथा पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्