काठमाडौं । अहिले साढे ११ बजे सत्तारुढ गठबन्धन दलहरुको बैठक बस्दै छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । प्रधानमन्त्री देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको एक नेताले बताए ।












