Logo
Logo

गेटमै रोकिए सरकारी प्रतिनिधि : बतासले भन्यो- ‘अदालतको आदेश लिएर आउनू’


13.7k
Shares

काठमाडौं । पशुपति परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको सरकारी टोलीलाई हाेटल व्यवस्थापन पक्षले गेटमै रोकेका छन् ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा गएका पशुपति विकास कोषका कर्मचारी तथा सरकारी प्रतिनिधिलाई शुक्रबार धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै प्रवेश नदिएको हो ।

धर्मशाला भित्र प्रवेश गर्न नदिएपछि होटल व्यवस्थापन पक्ष र सरकारी अधिकारीबीच भनाभनसमेत चलेको थियो । अदालतमा सोबारे मुद्धा विचाराधिन रहेकाले बतासले पत्र लिन मानेको छैन ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्