Logo
Logo

बढ्यो सुनको मूल्य


1.3k
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५ सयले बढेर रु. ९९ हजार ५ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार छ । यसको मूल्य बुधवार प्रतितोला रु. ९८ हजार ५०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार ३५५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्