Logo
Logo

बतास समूहकाे होटल आनन्दमा सरकारको ताल्चा


4.4k
Shares

काठमाडौं । पशुपति परिसरमा बतास समूहले सञ्चालन गरेको होटल आनन्द सरकारले बन्द गराएको छ । शुक्रबार पशुपति क्षेत्र विकास कोषले उक्त नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटलमा ताला लगाएको छ ।

तस्बिर/अनलाइन खबर

होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले सुरुमा गेटमै रोकेका थिए । होटल सिल गर्न गएको सरकारी टोली होटल भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै ताला लगाएको हो । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्