
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दल परिवर्तनकोक्रम बढेको छ ।
यसै क्रममा रौतहटको राजापुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर मोहम्मद साकील अख्तर नेकपा एमाले प्रवेश गरेका छन् ।
मेयर साकीलसहित दुई वडा अध्यक्ष र एक वडा सदस्य पनि एमाले प्रवेश गरेका छन् । मेयरसहित नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर ओलीबाट टिका लगाइ एमाले प्रवेश गरेका हुन् ।












