
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच सबैतिर तालमेल गर्ने सहमति भइसकेको बताएका छन् ।
काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको र सबैतिर तालमेल गरेरै अघि बढ्न सहमित भएको बताएका हुन् ।
उनले भने– ‘मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’
अर्को एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताए । उनले भने– ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’












