Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम


2.8k
Shares

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली , बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार प्रदेश नं १ को पहाडी भू–भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ भने पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्