
रौतहट । रौतहटमा बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद भएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा रौतहटको चाँदी खोला किनारमा शसस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।
शुक्रबार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं( ४ स्थित गैंडाटार जाने बाटोमा रहेको चाँदी खोलाको किनारबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
बेवारिसे अवस्थामा जंगल क्षेत्रमा पर्ने उक्त स्थानमा बरामद भएको उक्त पेस्तोल खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरी बेश क्याम्प सन्तपुरका प्रमुख डिएसपी योगेश दाहालले बरामद भएको उक्त पेस्तोल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका बुझाइ बिशेष अनुसन्धान भइरहेको बताए ।












