Logo
Logo

वैशाख ४ पछि मात्रै गठबन्धले तालमेलको मोडालिटी टुंग्याउने


3.6k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले मातहतका समितिहरुलाई उम्मेदवारको नाम तथा चुनावी तालमेलको वस्तुस्थिति सहितको प्रतिवेदन पेस गर्न वैशाख ४ सम्मको समयसीमा थप गर्ने भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय समितिहरुलाई वैशाख ४ सम्म उम्मेदवारको नामसहित तालमेल प्रतिवेदन दिन समयसीमा दिएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

बैठकबाट बाहिरिँदै उनले सबै स्थानीय समितिहरुबाट प्रतिवेदन प्राप्त नभएकाले ४ दिन थप समय दिने सहमति भएको बताए ।
बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसिएको सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्