Logo
Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा १ लाख अमेरिकी डलर सहयोग


0
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ।

नेपालमा सन् २०२६ अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जारी प्रयासलाई सहयोग गर्ने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो।

बाढीबाट प्रभावित समुदायहरू अझै पनि विपद्को व्यापक प्रभावबाट पुनःस्थापित हुने क्रममा रहेकाले उनीहरूको साथमा उभिन बैंक प्रतिबद्ध रहेको जनाइएको छ।

सहयोगको महत्वबारे स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारले ठूलो चुनौती र दैनिक जीवन तथा जीविकोपार्जनमा अवरोध सामना गर्नुपरेको बताए।

उनले स्ट्यान्डर्ड चार्टर्डले समुदायलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नुलाई आफ्नो जिम्मेवारीका रूपमा लिने उल्लेख गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको योगदानबाट प्रभावित समुदायको पुनःस्थापना, जीविकोपार्जन पुनर्स्थापना तथा भविष्यमा विपद् सामना गर्ने क्षमता अभिवृद्धि गर्न सरकारको प्रयासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालमा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले देशको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बैंकले समुदायमा दीर्घकालीन र अर्थपूर्ण प्रभाव पार्ने पहलहरूमा योगदान गर्दै आएको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्