Logo
Logo

सानेपालाई चुनदेवीको जवाफ- देउवाले महाधिवेशन उद्घाटन गर्ने सम्भव छैन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनको पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको बताएका छन ।

सभापति गगन थापासहित कांग्रेसका शीर्ष नेताहरूले सहमतिको लागि देउवालाई महाधिवेशन उद्घाटन गर्न बोलाउने प्रयास जारी राख्ने बताइरहेका बेला पोखरा पुगेका नेता महतले देउवाले महाधिवेश उद्धाटन गर्ने सम्भावना नरहेको बताएका हुन् । त्यही चर्चाकाबीच पोखरा उनले भने, ‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर झूटको प्रचार गरिँदै छ । विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न ।’

कांग्रेसको महाधिवेशन काठमाडौंको खुलामञ्चमा यहि असोज १८ गते उद्घाटन हुँदै छ । देउवाले १४ औँ अधिवेशनबाट निर्वाचित सभापति आफू भएकाले १५औँ अधिवेशन गरेर हस्तान्तरण नेतृत्व हस्तान्तरण गर्छु भनेर स्पष्ट रूपमा भनिसकेको बताए । उनले भोलि सुरु हुने वडा अधिवेशन नै कांग्रेसको आधिकारिक भएको जिकिर गरे ।

सहमतिको लागि १५ औँ अधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोज्दा सभापति गगन थापाले नमानेको आरोप लगाए । उनले थपे, ‘अरू केही चाहिएन, अहिले जे भयो भयो। तर १५ औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढङ्गबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन। त्यसैले हामी अदालतमा पुनरावेदनको लागि गयौँ।’

प्रतिक्रिया दिनुहोस्