Logo
Logo

कस्तो रहला आजको मौसम ?


441
Shares

काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सामान्य रुपमा परिरहेको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैबीच, देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै, देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्