एजेन्सी । फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आगामी जुन एक तारिखमा हुँदैछ ।
युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको थियो । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो ।
उक्त खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ । विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।











