Logo
Logo

म्याजिकको ठक्करबाट एक जनाको मृत्यु


630
Shares

रौतहट । गौर–चन्द्रनिगाहपुर खण्डको चन्द्रपुर नगरपालिका– ८ बसन्तपुरमा बिहीवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

डुमरियाबाट चन्द्रनिगाहपुरतर्फ तीव्र गतिमा जाँदै गरेको प्रदेश २–०३–००१ ज १९७ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प २२४३ नम्बरको स्कुटी र साइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट स्कुटी चालक रौतहट बृन्दावन नगरपालिका– ९ भुसाहका ६० वर्षीय जनहिर पासवानको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार स्कुटीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको म्याजिकले नजिकै रहेको एक साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटी चालक पासवान र साइकल चालक रौतहट चन्द्रपुर नगरपालिका– ८ बैजनाथपुरका १२ वर्षीय सुवोध चौधरी घाइते भएका थिए ।

घाइते भएका दुवै जनालाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय डुमरियाको सहयोगमा उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा साँझ करिब ७ बजे स्कुटी चालक पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु जयसवालले बताए । मृतकको शव परीक्षणका लागि चन्द्रपुरस्थित सरकारी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्