Logo
Logo

एकतावद्ध भएर चुनाव केन्द्रीत हुन प्रचण्डको निर्देशन


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सबै पार्टी पंक्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् । शुक्रबार आफ्नै निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकमा उनले चुनावी तालमेलका विषयमा नेताहरुलाई ब्रिफिङ गर्दै यस्तो निर्देशन दिएका हुन् ।

पूर्वस्थायी समिति सदस्य गणेश साहका अनुसार अध्यक्ष प्रचण्डले स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलका विषयमा बिफ्रिङ गराएका थिए । अध्यक्ष सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएको उनको भनाइ छ । यदी सत्ता गठबन्धनभित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन बताइएको छ ।

स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ । अहिले पार्टी प्रवेशको लहर चलिरहेको र ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा समेत छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्